जात्रा पर्वसंस्कृति

श्री हरसिद्धि त्रिशक्ती भवानीकाे १२ वर्षे पर्व १७ गते सम्पन्न हुँदै

चैत्र १६, २०८०, हरसिद्धि, ललितपुर ।

श्री हरसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रमस्वरुप हरसिद्धि भवानीको फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ । बिहीवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन गरी श्री हरसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी गराइएको हो ।
शनिवारका दिन बिहान ४ बजे हरसिद्धि भवानीको प्राङ्गणमा भेला भइ हरसिद्धि भवानीका पुजारीहरूद्वारा पूजासामग्री, काहाँ बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पूजा गरी फुल्चोकीमा गएर फुल्चोकी माईको पूजा पश्चात हरसिद्धि भवानी १२ वर्षे सिद्धिदनेगु कार्य औपचारिक रूपमा सम्पन्न हुनेछ ।
पूजापछि गोदावरीको हरसिद्धि चौर (जल ख्यः) मा हरसिद्धि भवानीको प्रतिक स्वरूपको पूजा कलश विराजमान गरी पुजारीहरूलाई प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । सरकारी पूजागरी क्रमवद्धरूपमा श्रद्धालु भक्तजनहरूको पूजा (छायछी) गरी विभिन्न साँस्कृतिक बाजा खलःहरूलाई भोज खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ ।
बाडेगाउँस्थित जलःगामा द्यो लिछोया थैबको जलः चपाको बाटो भई हरिसिद्धिको वपी टोलको ढोकाबाट निःब हुँदै हरिसिद्धि भवानीको प्राङ्णमा पुगे पश्चात १२ वर्षे मेला सम्पन्न हुनेछ ।
उनले हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको बताए । हरसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच हो । उहाँले यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा पनि देखाउने कार्य सम्पन्न भइसकेको बताए ।
उनले भने ‘हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइन्छ, उक्त नाच योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर देखाइन्छ भने दशैँको दिनमा समेत एक पटक देखाइन्छ । हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको मानिन्छ ।
हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच पनि हो । यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको छ । हरिसिद्धिको शक्तीस्वरूपी देवी श्री श्री श्री हरसिद्धि भवानी त्रिशक्ति देवीको मन्दिर चार तल्लाको कलात्मक प्यागोडा शैलीको ३० वटा गजुर भएको मन्दिर हो ।
उक्त मन्दिरभित्र अत्यन्त प्रचलित साक्षात्कार देवी जलःद्यो (हरसिद्धि) भवानी विराजमान रहनुभएको छ । त्यस्तै यहाँ चारवटा टोलहरू क्रमशः पाकच्वः टोल, साफः टोल, ओपी टोल र सम टोल रहेका छन् भने चारवटा नै ढोकाहरू हुनु यहाँको विशेषता हो ।
यो हरसिद्धि नाँचमा १० जवान च्याभु पुजारी र १९ जना गण पुजारीहरू समेत गरी जम्मा २९ जना पुजारीहरू रहन्छन् । श्री हरसिद्धि भवानीको १२ बर्षे फूल्चोकी मेला सभ्य र भव्यताका साथ सम्पन्न गर्न श्री हरसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले आग्रह गरेको छ ।
हरसिद्धि १२ वर्षे जात्रा अन्तर्गत पीठ पूजा, स्वाँ तपुली प्याखँ पश्चात यो १२ वर्षे जात्रा शुरु भएको थियो भने हरसिद्धि त्रिशक्ती भवानी १२ वर्षे जात्रा अन्तर्गत देय भ्वय् पनि खुवाइएको यिथयो । त्यस्तै मू प्याकेगु अन्तर्गत पहिलो नाच प्रदर्शन हरसिद्धिमै गरिएको थियो भने हरेक १२ वर्षमा एक पटक ल्याउनै पर्ने पवित्र पाशुपत क्षेत्रमा पनि यो नाच प्रदर्शन गरिएको थियो ।

याे पनि हेर्नु हाेला

हरसिद्धिको १२ बर्षे जात्रा अन्तर्गत हिजो पीठ पूजा सम्पन्न

आजबाट हिन्दूहरुको पवित्र भूमि पाशुपत क्षेत्रमा हरसिद्धि त्रिशक्ती भवानीको १२ वर्षे पर्व

हरसिद्धि त्रिशक्ती भवानी १२ वर्षे जात्रा अन्तर्गत मू प्याकेगु र अर्को देय भ्वय् सम्पन्न

हरसिद्धि त्रिशक्ती भवानी १२ वर्षे जात्रा अन्तर्गत देय भ्वय्

मुकुण्डो सहित हरसिद्धि त्रिशक्ती भवानीको १२ बर्षे जात्रा शुरु

हरसिद्धिको १२ बर्षे जात्रा विधिवतरुपमा शुरु

हरसिद्धिको १२ बर्षे जात्रा अन्तर्गत स्वाँ तपुली प्याखँ सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *