जात्रा पर्वफाेटाे फिचरसंस्कृति

हरसिद्धिको १२ बर्षे जात्रा विधिवतरुपमा शुरु

हरसिद्धिको १२ बर्षे जात्रा विधिवतरुपमा शुरु

१० मंसिर २०७८, ललितपुर ।

हरसिद्धि त्रिशक्ति भवानीको १२ वर्षे जात्रा हिजोबाट विधिवतरुपमा शुरु भएको छ जसलाई मूल सिथि भनिन्छ । हिजो हरिसिद्धी त्रिशक्ति भवानीका देवगणहरुको मुकुण्डो नकींद्वारा पूजाआजा गरी मूल ध्वाखाबाट विधिवतरुपमा रुपमा हरिसिद्धि नाट्यश्वरस्थानमा भित्र्याइएको थियो ।

पहिले देवगणका मुकुण्डोलाई लँपू छायेगु अर्थात् मुकुण्डोको मर्मत र रंगरोगकोे लागि ललितपुरको कुम्भेश्वरमा लगेर गरिन्थ्यो र उतैबाट जात्रा गर्दै भित्र्याइन्थ्यो भने समय परिस्थितिका कारण अहिले उतैबाट कालिगढ आई हरिसिद्धि मै लँपू छायेगु पश्चात् नगर प्रवेश गराइएको हो ।

हिजैबाट यहाँको नाट्यश्वरस्थानमा शुरु भएको होम पूजा अहोरात्रसम्म चलेको थियो । वैदिक एवं तान्त्रिक विधिबाट भएको सो होम पूजा अन्तर्गत पिगंस्थान, हरिशिद्धि मन्दिर र नाट्यश्वर डबलीमा बलि पूजा पनि सम्पन्न गरिएको छ ।

१०–१२ वटा कांबाजाको सुमधुर तालमा हरसिद्धि भवानीका मुकुण्डोहरुलाई नगर प्रवेश गराइएका थियो । पहिले पहिले यसरी जात्रा शुरु हुँदा नाय्खिं, जोगीबाजा लगायत अन्य परम्परागत बाजागाजाको सहभागी हुने भनिए पनि विविध कारणले सो बन्द भएको रहेछ ।

१२ वर्षे जात्रा अन्तर्गत उपत्यकाका विभिन्न ११ स्थानमा पीठ साधना पूजा सम्पन्न गरी भाइटिकाको दिन हरिसिद्धि मन्दिर अगाडि मुख्य डबलीमा बिना ख्वापा (मुकुट) फूलको पगडी लगाई नाच निकालिएको थियो भने आज देवगणहरुले मुकुण्डो सहित नगरका विभिन्न स्थानमा नाच प्रस्तुत गर्नेछन् ।

जात्रामा स्थानीय भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । आगामी २४ गते हरसिद्धि भवानी १२ बर्षे जात्रा अन्तर्गत मू प्याकेगु र २५ गते देय् भ्वय् हुनेछ ।

तस्बीर © शरण डंगोल

भिडियाे © श्याम था हाम्राे जात्रा

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *