जात्रा पर्वफाेटाे फिचरसंस्कृति

मुकुण्डो सहित हरसिद्धि त्रिशक्ती भवानीको १२ बर्षे जात्रा शुरु

१२ मंसिर २०७८ ।

शरण डंगोल, ललितपुर ।

हरसिद्धि त्रिशक्ति भवानीको १२ वर्षे जात्रा मुकुण्डो सहितको नृत्य गत शुक्रबारबाट शुरु भएको छ । एकदिन अघि मध्यरातमा वैदिक एवं तान्त्रिक पूजा एवं होम गरी जलशोधन पश्चात देवगणलाई नयाँ मुकुण्डो हस्तान्तरण गरिएको थियो ।

सोही नयाँ मुकुण्डो र नयाँ वस्त्रका साथ गरगहनाले सुसज्जीत भै देवगणहरु यहाँको पिगंस्थानबाट दैवी नृत्य प्रस्तुत गर्दै हरसिद्धि त्रिशक्ति भवानीको मन्दिरमा प्रवेश गरेपश्चात सो दिनको जात्रा सम्पन्न भएको थियो ।

३३ कोटी देवताहरुले पिगंस्थानमा रहेको डबलीमा मुकुण्डो र पहिरण लगाएका थिए भने श्री गणेश तथा ऋद्धीसिद्धीले पिगंस्थानभित्रै मुकुण्डो र पहिरण लगाएका थिए ।

यसरी पिगंस्थानबाट मन्दिरसम्मको यात्रालाई देशाटन भनिन्छ । यस अन्तर्गत पिगंस्थान, नाट्यश्वरस्थानको डबली, हरसिद्धि त्रिशक्ती भवानी मन्दिरको डबली लगायतका स्थानमा परम्परागत बाजा र प्वंगाको तालमा द्यःल्हायेगु गरिएको थियो ।

पहिले ३३ कोटी देवताहरुले देशाटन गरेका थिए भने पछि श्री गणेश तथा ऋद्धीसिद्धीले देशाटन गरेका थिए ।

तस्बीर © शरण डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *