नेपालभाषाफाेटाे फिचरशिक्षा

जुद्धोदयका विद्यार्थीहरुले ७ वटा घर बनाए

१२ मंसिर २०७८, काठमाडौं ।

यहाँको क्षेत्रपाटीस्थित जुद्धोदय पब्लिक मा.वि.मा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले नेवाः मौलिक शैलीमा ७ वटा नमूना घर बनाएका थिए जसको प्रदर्शनी गत शुक्रबार विद्यालय प्राङ्गणमा गरिएको थियो ।

नेपालभासा स्यनामिहरु रमा शाक्य, सृजना महर्जन र निभा डंगोलको सक्रियतामा अतिरिक्त क्रियाकलाप अन्तर्गत तयार गरिएको उक्त नमूना घरमा नेवाः वास्तु अनुसार छेलि, मातं, चोत र बैगः गरी चार तल्लाको घर बनाएका थिए ।

उक्त प्रदर्शनीमा उत्कृष्ट नमूना घरलाई विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलले प्रोत्साहन स्वरुप शैक्षिक सामग्री वितरण गरिएको थियो ।

अन्य स्यनामिहरु र विद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफूले तयार पारेको घरको बारेमा छोटो विवरण पनि प्रस्तुत गरेका थिए ।

तस्वीर © निभा डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *