नेपालभाषाको नयाँ म्यूजिक भिडियो “सो रे छंगु मतिनां लित्तु मत्तु लित” को प्रिमियर सम्पन्न
१२ मंसिर २०७८, ललितपुर ।
सुरेन्द्र तुलाधरको शब्द रहेको सुरेन्द्र श्रेष्ठको संगित तथा भुपेन बज्रचार्यको संगित संयोजनमा सुमित्रा महर्जन र विरेन्द्र महर्जनको सुमधुर स्वरमा सजिएको नेपालभासाको “सो रे छंगु मतिनां लित्तु मत्तु लित” को म्यूजिक भिडियोको प्रिमियर हिजो यहाँ सम्पन्न भयो ।
संगीत महाविद्यालयया प्रिन्सीपल धन बहादुर गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा निर्देशक रामकृष्ण खड्गी, सिने पत्रकार विजय रत्न असंबरे, गीतका रचनाकार सुरेन्द्र तुलाधर, गायिका संगीता शाक्य लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

चिरपरिचित निर्देशक रामकृष्ण खड्गीले निर्देशन गरेको सो म्यूजिक भिडियोमा सरिता बज्राचार्य, किरण जोशी तथा नव प्रतिभा निभा डंगोलको अभिनय रहेको छ ।
सो म्यूजिक भिडियोको छायांकनमा रकी महर्जन, सम्पादनमा बालकृष्ण वंशी तथा श्रृंगारमा सरिता बज्राचार्य रहेका छन् ।
कार्यक्रममा गीत र म्यूजिक भिडियोमा जोडिएका कलाकर्मी तथा प्राविधिकहरुलाई सम्मान पनि गरिएको थियो ।



म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –