संस्कृति

आजबाट हिन्दूहरुको पवित्र भूमि पाशुपत क्षेत्रमा हरसिद्धि त्रिशक्ती भवानीको १२ वर्षे पर्व

२५ चैत्र २०७८, काठमाडौं ।

हरसिद्धिको १२ वर्षे पर्व अन्तर्गत हिन्दूहरुको पवित्र भूमि पाशुपत क्षेत्रको जयबागेश्वरीमा आजबाट तीन दिन सभ्य र भव्य रुपमा हरसिद्धि १२ वर्षे जात्रा हुने भएको छ । लामो समय रोकिएको पर्व गत २०६६ सालमा स्थानिय जनसहभागिताको सहभागिताबाट पुनः मनाउन थालिएको थियो ।

विगतमा भएका कमी कमजोरीलाई हटाई यसवर्ष स्थानिय जनसहभागिता यो जात्रा मनाउने तयारी गरिएको श्री श्री श्री हरसिद्धि (जलद्यः) नाच मूल समितिका अध्यक्ष दिलीप वैद्यले जानकारी दिए ।

आज चैत्र २५ गतेबाट १२ वर्षे पर्व शुरु हुँदैछ । दिउँसो ३ बजे देवगणहरुको आगमन भै साँझ जयबागेश्वरीमा पूजा हुनेछ भने राती १२ बजे पशुपति मन्दिरमा र भुवनेश्वरी मन्दिरमा पूजा अर्चना हुनेछ । चैत २६ दिनभरी जयबागेश्वरीमा पूजाआजा तथा देवगणबाट नृत्य प्रस्तुत गरिनेछ भने चैत्र २७ गते बिहाने जयबागेश्वरीमा पूजा पश्चात प्रसाद ग्रहण पनि देवगणलाई विदाई गरिने कार्यक्रम रहेको छ ।

२०६६ सालदेखि इच्छुक दाताहरूसँग सहयोग संकलन गरी जात्रा सञ्चालन गर्न थालिएको हो भने यसपटक यस पर्वकाे लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस भन्दा अघि १२ वर्षे पर्व अन्तर्गत धुलिखेल र दोलखाको हरसिद्धि डबलीमा पनि हरसिद्धि त्रिशक्ति भवानीको १२ वर्षे पर्व सम्पन्न गरिएको थियो भने आगामी हप्ता पनौतीमा १२ वर्षे पर्व हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *