महानगर समाचारसमाचार

काठमाडौं सुन चाँदी व्यवसायी संघ रोहिना देवी शाक्यको नेतृत्वमा

४ चैत्र २०८०, काठमाडौं ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा हिजो यहाँ सम्पन्न काठमाडौँ सुनचाँदी व्यवसायी संघको २१ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले रोहिना देवी शाक्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

प्रमुख अतिथि मन्त्री श्रेष्ठले यस इतिहास रहेको व्यवसायमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको बताए ।

अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राखे ।

अधिवेशनले रोहिना देवी शाक्य अध्यक्षमा तथा उपेन्द्रकाजी शाक्य, मुक्तीरत्न वज्राचार्य र दशरत्न वज्राचार्य उपाध्यक्षमा निर्विरोध चयन भए । यसै गरी लेखरत्न शाक्यले सचिव, रमेशमान शाकयले कोषाध्यक्ष, अभिषेक शाक्यले सचिव र पद्मेश शाक्यले सह कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा सूर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाक्य, सुजेन शाक्य, निकेशरत्न वज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, कबीरचन्द्र वज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *