हरसिद्धिको १२ बर्षे जात्रा अन्तर्गत हिजो पीठ पूजा सम्पन्न
१३ कार्तिक २०७८, काठमाडौं ।
हरसिद्धि त्रिशक्ति भवानीको १२ वर्षे जात्रा अन्तर्गत हिजो उपत्यकाका विभिन्न ११ स्थानमा पीठ साधना पूजा सम्पन्न भयो ।
सर्वप्रथम हरिसिद्धिस्थित नासःद्यःको साधना गरी शुरु भएको पीठ साधना पूजा हरिसिद्धिस्थित पिगंद्यः, सुनाकोठीस्थित बालकुमारी, चोभारस्थित जल विनायक र जालन्धर, बःखु स्थित विष्णुदेवी, सितापाइलास्थित हरसिद्धि, म्हैपीस्थित म्हैपीअजिमा, भीमसेनगोलास्थित भिमसेनगोला मन्दिर, दधिकोट स्थित हिञ्चोक भैरवनाथ, सिद्धिपुरस्थित भैरव र अन्तमा पुनः हरिसिद्धिस्थित पिगंद्यःको पूजा पश्चात समाप्त भएको हो ।
यस पीठ साधना पूजामा वैदिक तथा तान्त्रिक विधि अनुसार पूराना एवं नयाँ पूजारीहरुले हरेक पीठमा शक्ति साधना गरिन्छ ।
भक्तजनहरुको उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको सो शक्ति पीठ साधना पूजा पहिले पहिले सवारी साधनको सूविधा नभएको समयमा ४ दिनसम्म लाग्ने गरेको बताइयो ।
हरसिद्धि त्रिशक्ति भवानी जात्राका २९ जना पूजारी खलकलाई कसैले छुन नहुने, कसैले बोल्न नहुने भएपनि पूजारीहरुबीच भने यो नियम लागू हुँदैन ।
तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल 
तस्बीर © शरण डंगोल
हरसिद्धि त्रिशक्ति भवानी १२ वर्षे शक्ति पीठ पूजाको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ः