“न्ह्योखा हाल अयनं” को म्यूजिक भिडियो सार्वजनिक
११ कार्तिक २०७८, काठमाडौं ।
हुन त गरीबलाई कुनै चाडवाड रमाइलो हुँदैन, रमाइलो गरी खुशी मनाउन सबैभन्दा महत्वपूर्ण साधन हो नगद, जुन गरीबसँग सँधै कमी रहेको हुन्छ । यसै कुरालाई मनन गरी करीब ६ दशक अघि जनकवि दुर्गालाल श्रेष्ठको कलमबाट कोरिएका शब्दहरुको समूह हो ‘न्ह्योखा हाल अयनं’ ।

नेपाल उपत्यकाको महत्वपूर्ण नेवाः चाड पाहाँचह्रेको प्रशंग जोडिएको र यसै चाडको लयमा लयबद्ध गरिएको उक्त ‘न्ह्योखा हाल अयनं’ गीतको म्यूजिक भिडियोको प्रिमियर हिजो उहाँकै प्रमुख आतिथ्यतामा सम्पन्न भएका छ ।

स्थापित कलाकारहरु नगिना जोशी र अकलमान महर्जनको सटिक भूमिका रहेको उक्त म्यूजिक भिडियोको निर्देशन चिरपरिचित निर्देशक रामकृष्ण खड्गीले गरेका छन् ।
म्यूजिक भिडियो सम्पादनमा बालकृष्ण वंशी, छायांकनमा रकी महर्जन तथा श्रृंगारमा पूजा शाही रहेका छन् ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, निर्देशक रामकृष्ण खड्गी, सिने पत्रकार विजयरत्न असंवरे, वरिष्ठ गायक जुजुकाजी रंजित, समाजसेवी पवित्र बज्राचार्य लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा म्यूजिक भिडियोसँग जोडिएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।


उक्त म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः