भिन्तुना सांस्कृतिक मोटरसाईकल -याली तथा सामुहिक म्हपूजा हुने
१० कार्तिक २०७८, काठमाडौं ।
नयाँ वर्ष नेपाल संवत् ११४२ को उपलक्ष्यमा यही आउँदो नेपाल सम्बत ११४२ कछलाथ्व पारु अर्थात् २०७८ साल कार्तिक १९ गतेका दिन न्हूदँ भिन्तुना सांस्कृतिक मोटरसाईकल -याली तथा सामुहिक म्हपूजा गरिने भएको छ ।

व्यवस्थापन समितिका संयोजक निरन श्रेष्ठका अनुसार नेपाल सम्बत ११४२ नयाँ वर्षलाई उल्लासपूर्वक मनाउन एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना आदान प्रदान एवं भाइचारा बढाउन उक्त -याली तथा सामुहिक म्हःपूजा गरिने लागेको हो ।
नेपालको आफ्नै संवत् नेपाल संवत्लाई व्यापकरुपमा प्रचार प्रसार गरी प्रचलनमा ल्याउन तथा देशको संस्कृति प्रबद्र्धन गर्न सघाऊ पुग्ने अपेक्षा गरिएको उक्त कार्यक्रम नेपाल सरकारको निर्देशन बमोजिमको स्वास्थ मापदण्ड अपनाएर आयोजना गरिने बताएका छन् ।