हाम्रो देशमा आजकल

मदन महर्जन
काठमाडौं ।

हाम्रो देशमा आजकल

कोही त भने करोडौंको बिस्तरामा मस्त
कोही भने अस्पतालमा बिस्तरा खोज्नमै व्यस्त ।

कोही त भने करोडौंको गाडीमा मस्त
कोही भने अस्पताल जान एम्वुलेन्स खोज्नमै व्यस्त ।

कोही त भने एसीमा सास फेर्नमै मस्त
कोही भने आफन्तलाई अक्सिजन खोज्नमै व्यस्त ।

कोही त भने चौरासी व्यञ्जन हसुर्नमै मस्त
कोही भने एक छाक टार्ने अन्न खोज्नमै व्यस्त ।

कोही त भने कुर्सी बचाउनमा मस्त
कोही भने अस्पतालमा आफन्त बचाउनमै व्यस्त ।

कोही त भने सुटबुट र दौरासुरूवालमा हिड्नमा मस्त
कोही भने लाज ढाक्ने एकसरो कात्रो खोज्नमै व्यस्त ।

कोही त भने बालुवाटार र सिंहदरवार गर्नमै मस्त,
कोही भने अस्पताल नपुगी मलामी जानमै व्यस्त ।

कोही त भने लड्डु र केकमै मस्त,
कोही भने श्रद्धाको आँसु झार्नमै व्यस्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *