राष्ट्रिय युवा संघ १५ कमिटी तथा नेवाः मुस्लिम समाज बीच सहकार्य
काठमाडौं, १६ बैशाख २०७८ ।
उद्धब शाही
नेपालमा पनि कोभिडको दोश्रो लहर चलिरहेको हुँदा यसबाट बच्न र बचाउन आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने नाराका साथ स्थानिय स्तरमा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा नेवाः मुस्लिम समाजको संयुक्त सहकार्यमा कोरोना कोभिड–१९ सम्बन्धी जनचेतना फैलाउने एवं जिल्ला प्रशासन काठमाडौंबाट जारी निषेधाज्ञा सूचनाका बारेमा जनमानसमा थप सूचना प्रवाह गर्ने हेतुले हिजो १५ वडा भित्र माइकिङ गर्ने कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमको अन्तमा आफ्नो छोटो भनाई राख्दै नेवाः मुस्लिम समाजका निसार उद्दिनले युवा संघ र नेवाः मुस्लिम समाजको सहकार्यमा समाजमा आर्थिक स्थिति कमजोर भएका वासिन्दाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र हरेक सामाजिक कार्यमा सहकार्य गर्न तत्पर रहेको बताए ।
त्यस्तै १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले वडा कमिटीले आफ्नो वडा सुरक्षित राख्न यस्ता जनचेतनामूलक कार्यहरू सफलतापूर्वक सम्पन्न गर्न युवाहरु हरपल तयार रहेको बताए ।
कार्यक्रममा स्थानीय एवं क्षेत्रीय नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।