कोभिडका कारण श्री कमलादी गणेशको देय् जात्रा स्थगित
काठमाडौं, १४ बैशाख २०७८
कोभिडका कारण श्री कमलादी गणेशको जात्रा यस वर्ष द्यःछेँबाट पिथमा ल्याउने र पिथबाट द्यःछेँमा पुर्याउने मात्र गरियो ।
श्री कमलादी गणेशको जात्रा गर्ने दुई समूह वटु त्वाःखलः र जमःमि त्वाःखलःको संयुक्त सरसल्लाहबाट यसरी नगरी नहुने क्रियाकलाप मात्र सम्पन्न गरेको बताइएको छ ।
वटु त्वाः खलःले चारवटा गणेशका मूर्तिहरुलाई हातमा बोकेर र जमःमि त्वाःखलःले तीनवटा गणेशका मूर्तिहरुलाई खमू (खर्पन) मा राखेर हिजो पिथ ल्याइएको थियो भने आज त्यसैगरी द्यःछेँ (आगम घर) मा लगिएको छ ।
गुथियारका अनुसार कोडिभ जोखिमका कारण भोलि हुने देय् जात्रा अर्थात् नगर परिक्रमा स्थगित गरिएको छ ।
