आज पञ्जरां (पञ्चदान) पर्व, चमतीमा नराँ पञ्जरां
२४ भाद्र, २०८३, काठमाडौं ।
गुंलागा त्रयोदशीका दिन बौद्ध समुदायमा मनाइने पञ्चदान पर्व परापूर्वकालदेखि नै विशेष पर्वका रूपमा मनाइँदै आएको छ । वंशावलीका अनुसार पञ्चदानको इतिहास सत्ययुगको हो भन्ने विश्वास गरिन्छ । पञ्चदानलाई नेपालभासाको बोलीचालीमामा पञ्ज्रां भनिन्छ । गुंलागा द्वादशीमा पञ्चदान संकल्प गरेर त्रयोदशीका दिन दान गर्ने गरिन्छ ।
![]()
पञ्चदानमा धान, चामल, गहुँ, मकै, केराउ, भटमास, नुन, फलफूल, तरकारी आदिजस्ता स्थानीय उत्पादनसमेत दान गर्ने चलन रहेको पाइन्छ ।
![]()
पञ्चदानको सन्देश केवल दान दिनु र लिनु मात्र होइन आफूसँग भएको कुरा अरूका लागि बाँड्नु, करुणा राख्नु, समुदायप्रति उत्तरदायी हुनु र पूण्यलाई सामाजिक हितमा रूपान्तरण गरी धर्म चित्तलाई स्थायित्व दिई पुस्तान्तरण गर्नु हो ।
![]()
समुदायबाट आयोजना गरिने पञ्ज्रालाई नराँ पञ्ज्रां भन्ने गरिन्छ । झण्डै २४ वर्ष पछि यस वर्ष पूर्णकाजी ज्यापुको आयोजनामा चमतीमा नराँ पञ्ज्रांको आयोजना हुँदैछ । हिजो स्वयम्भू महाचैत्य परिसरबाट विविध तान्त्रिक पूजा पश्चात पञ्चबुद्धको प्रतिनिधित्व गरिएको श्री अमिताभ बुद्धको प्रतिमालाई बाजागाजासहित चमतीमा स्थापना गरिएको थियो । पूर्णकाजी ज्यापूका अनुसार चमतीमा आयोजना गरिएको यस नराँ पञ्ज्रांमा विभिन्न १३ वस्तुहरु शाक्य बज्राचार्य कुलपुत्रहरुलाई दान गरिने बताए ।
![]()
आज चमतीमा पुग्नु भएका पहिलो व्यक्ति भाष्करदेव केशचन्द्र पारावर्त महाविहार इतुम्बहालका कुल पुत्र ज्ञानेन्द्र शाक्य हुनभएको छ । वहाँलाई पञ्चबुद्ध मध्येका प्रथम बुद्ध बैरोचन बुद्धका प्रतीका रुपमा पहिलो दान दिइएको थियो ।
![]()
आजकै दिन भक्तपुरमा पनि पञ्जरां (पञ्चदान) पर्व भव्य रुपमा मनाइन्छ । यहाँ प्रसन्नशील महाविहार, चतुरब्रम्ह महाविहार, मंगलधर्म दीप महाविहार, जयकीर्ति महाविहार र बौद्ध समकृत विहारका पाँच दिपंकर बुद्धहरुको सहभागिता रहेको हुन्छ ।
![]()
![]()
![]()
![]()