जात्रा पर्वमहानगर समाचार

मजिपाः लाखे आजु पिलाबाट आशनमा, येँयाको चहलपहल शुरु

१२ भदाै, २०८३, काठमाडाैं ।
आज भाद्रकृष्ण एकादशी अर्थात् अजा एकादशीका दिन येँयाको एक आकर्षण श्री मजिपाः लाखे आजुको ख्वाःपाः (मुकुण्डो) शुभ साइतमा पिलाबाट बाहिर निकाली आशनमा बिराजमान गराइयो ।
आज दिनभर आशनमा रहेको मुकुण्डो भोलि लँपू छायेगु (मर्मत संभार र रंगरोगन) को निमित्त चित्रकारको लगिन्छ भने ञँलाथ्व एकादशीका दिन पुनः मुकुण्डो आशनमा बिराजमान गराई भोलिपल्ट च्वाम्वः चढाएपछि लाखे आजु जीवन्त देखिन्छ ।
लाखे आजुसँगै आजै झ्यालिन्चाको पनि मुकुण्डो पिलाबाट निकाली सँगै आशनमा बिराजमान गराइयो ।
नानिचायाःको दिन येँया सम्पन्न भैसकेपछि लाखेको मुकुण्डोलाई पुनः पिलामा राखिन्छ ।
मजिपाः लाखेका सम्बन्धमा एक किंवदन्ती अनुसार राजा हरिसिंहदेव सिम्रौनगढबाट काठमाडौं आउँदा लाखे पनि सँगै आएका थिए काठमाडौं आए पछि यहींकै एक स्थानीय ज्यापुनीसँग उनको प्रेम पर्न गयो प्रेममा डुबेका लाखे दिउँसो ज्यापुनीसँग हिँड्ने र राति स्थानीवासीका बच्चाहरू चोंरेर खाने गर्दथ्ये पछि स्थानीय जनताले यो कुरा थाहा पाए पछि लाखेलाई समाएर देश निकाला गर्ने निर्णय गर्यो । तर यहाँका ज्यापुनीसँग प्रेममा फँसेका लाखेलाई नगर छोडेर जाने इच्छा भएन । त्यसैले अब आइन्दा आफूले बच्चाहरू चोरेर खाँदिन, बरु सबै बच्चाहरूको संरक्षण गर्छु र नगरको सुरक्षा समेत गर्छु भन्ने वाचा गरी उनी यहीं बस्न थाले उनी बस्नको लागि लाखे ननीमा छुट्टै घर पनि बनाइदिए ।
यसरी एउटा हिंस्रक लाखे कालान्तरमा शान्त, शिष्ट र नगरको रक्षक समेत बन्न  पुगे । लाखे नाच्दा उनको हातमा कुनै हतियार पनि हुँदैन । नाच्दा उनको हातमा पंचरंगी कपडा एक टुक्रा मात्र रहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *