ह्युमत मिसा पुचःको आयोजनामा तेस्रो वृहत कन्या कुमारी पूजा सम्पन्न
२८ पौष २०८१ ।
का.म.पा. १२ वडामा रहेको ह्युमत मिसा पुचः, ह्युमतको आयोजनामा नेवाः परम्परा अनुसार तेस्रो वृहत कन्याकुमारी पूजा हिजो यहाँ सम्पन्न भएको छ । सो अवसरमा ईहि नगरेका एक सय ३८ जना कन्या कुमारीहरुको कन्याकुमारी पूजा बज्रयान पूजाविधि अनुसार सम्पन्न भएको हो । सर्वप्रथम बसन्तपुर स्थित राजकीय कुमारीको पूजा पश्चात ह्यूमतमा पूजा सुरु गरिएको थियो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा साँखु नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कामपा १२ वडा अध्यक्ष बालकृष्ण महर्जन, का.म.पा. १२ वडाका पूर्व वडाध्यक्ष विकास डंगोल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
हामीसँगको छोटो कुराकानीमा ह्यूमत मिसा पुचःका अध्यक्ष मचानानी महर्जनले यस संस्थाले जीवित कुमारी संस्कृति संरक्षण र विकास गर्दै जाने क्रममा यस पटक कन्या कुमारीहरुको पूजा तेस्रो पटक आयोजना गरेको बताउँदै तीन पटक देशका विभिन्न स्थानमा विराजमान जीवित कुमारीहरुको पुजा सम्पन्न गरिसकेको जानकारी गराउनुभयो । यसका अलावा जीवित कुमारी लोप भएकाे पनौतीमा पुनस्र्थापनाका लागि पहल गरी पुनस्र्थापना गरिएको र अन्य स्थानहरु काठमाडौंको क्वाबहाल, मूबहाल, चावहिल कुमारीको पुनस्र्थापनाको लागि पहल गरिरहेको बताउनुभयो ।
हेर्नुहोस् तस्बीरमा तेस्रो वृहत कन्या कुमारी पूजा



















