“आमा आज पनि रुन्छिन्” को शुभ साइत सम्पन्न
चैत्र १, २०८१, काठमाडाैं ।
सामाजिक कथावस्तुमा आधारित चलचित्र “आमा आज पनि रुन्छिन्” को शुभ साइत आज यहाँ सम्पन्न भएको छ । संसार भरीका सम्पूर्ण आमाहरूमा समर्पित गरिएको उक्त चलचित्र निर्माता द्वय गीर्वाण विजय खड्का र सेवन्तक खड्काले ए.आर. प्रोडक्सनकाे ब्यानरमा निर्माण गर्न लागिएको हो ।

अशु अशेष गिरीको कथा तथा निर्देशनमा तयार हुने उक्त चलचित्रको पटकथा तथा गीत गणेश सुबेदीको रहेको छ भने सङ्गीत सचिन गिरीले दिनुभएको छ । छायाङ्कनमा निरज कँडेल, नृत्य निर्देशनमा गोविन्द प्रभात, शृङ्गारमा सन्तु तामाङ, केश विन्यासमा सञ्जु ढकाल, निर्माण नियन्त्रकमा डिक ब.बुढाथोकी र तुलसी चौलागाँई, प्रमुख सहायक निर्देशकमा राम शरण कोईराला तथा सहायक निर्देशकमा रोहिणी अग्रवाल, राजकुमार कार्की, निश्चल तामाङ रहेका छन् ।

चलचित्रमा मुख्य कलाकारहरूमा सरोज खनाल, गौरी मल्ल, रवीन्द्र झा, मुस्कान पौडेल, आशा भूषाल, आराध्या लक्ष्मी खड्गी, विशेष भूमिकामा सुदर्शन बुढाथोकी, दिपा पौडेल तथा अतिथि कलाकारमा देशभक्त खनाल रहेका छन् । त्यस्तै नयाँ अनुहारहरूमा सुदिप शाह ठकुरी र रिट्रोनाले अभिनय रहने छ भने बाल कलाकारहरूमा आर्यन पौडेल, सामीप्य जंग बुढाथोकी, ग्लोरिया शाह रहेका छन् ।

चलचित्रमा बुहारीको भूमिका निर्वाह गर्ने कलाकार आराध्य लक्ष्मी खड्गीले आमाको वरिपरि घुमेको एक सामाजिक कथामा बन्ने चलचित्र बताए भने चलचित्रका पटकथा लेखन तथा गीतकार गणेश सुवेदीले आमाको त्याग र तपस्यालाई बुझ्न नसकेका सन्तानहरूको कथाबस्तुमा बन्न लागेको चलचित्रले आमाका सुख–दुःख एवं आपद–विपदका आरोह अवरोहहरुलाई समेटिएको एक सामाजिक चलचित्र रहेको बताए ।
तस्बीरः शरण डंगाेल
