चौथो युथ कनक्लेभ २०२३
८ भाद्र २०८०, काठमाडौं ।
आँखा विशेषज्ञ डा. सन्दुक रुइटको प्रमुख आतिथ्यतामा चौंथो काठमाडौं युथ कनक्लेभ २०२३ आयोजना हुने भएको छ ।
युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा भोलि भदौ ९ गते शनिबारका दिन प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने सो कार्यक्रममा ई–सेवाका प्रमुख जगदिश खड्का, एनसेलका प्रमुख जाब्बोर कायुमोभ लगायत विविध क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरुले उक्त कार्यक्रममा सम्बोधन गरिने जानकारी हिजो आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
गत वर्षहरुमा झै यस वर्ष पनि रु १ लाख धनराशीको “युथ कनक्लेभ युथ आइकन अवार्ड” यस वर्ष नेपालबाट ईस्पोर्टसको सम्भावनालाई उजागर गर्न सफल नेपाली पब्जी टिम डिआरयस प्रदान गरिने पनि बताएका छन् ।
झण्डै ५ हजार युवायुवतीहरुको सहभागिता रहने लक्ष्य लिएको उक्त कार्यक्रममा गीत संगित, हाँस्यव्यंग्य, खेलकूद लगायत विविध गतिविधिहरु पनि हुने बताइएको छ ।