लिटिल स्टार नेपालभाषा गीत प्रतियोगितामा सहभागी सर्वोत्कृष्ट गीतलाई रु. १ लाखको पुरस्कार
१० भाद्र २०८०, ललितपुर ।
यस बर्ष येँयाःपुन्हीको अवसरमा “लिटिल स्टार नेपालभाषा म्ये कासा” (नेपालभाषा गीत प्रतियोगिता)’ आयोजना हुने भएको छ ।
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा हुन लागेको सो प्रतियोगितामा सर्वोत्कृष्ट गीतलाई रु. १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
त्यस्तै दोश्रो, तेश्रो र सान्त्वनालाई त्रमशः ७५, ५० र २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सर्वोकृष्ट गायक, संगीतकार र सर्जकलाई २५,२५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्नेछ भने फाराम भर्दा आफ्नो गीतको सामान्य रेकर्ड (अडियो अथवा भिडियो) आयोजकलाई पठाउनु पर्नेछ । सोही गीतको आधारमा छनौट गरी आयोजकले अडिशन राउण्डको आयोजना गरी सोमा सफल प्रतीयोगीलाई लिटिल स्टार नेपालभाषा गीत प्रतियोगितामा सहभागी गरिनेछ ।
फाराम

नियमहरू

अन्य विवरण निम्न आधिकारिक लिंकमा प्राप्त गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/profile.php?id=100072784419973
फाराम र गीतकाे अडिया अथवा भिडयाे निम्न इमेलमा पठाउनु पर्नेछ ।
kalakarsamiti16lmp@gmail.com