मनाेरञ्जन

आराध्यालक्ष्मी तथा विजयमानका दुई गीतको म्यूजिक भिडियो सार्वजनिक

२६ श्रावण २०८०, काठमाडौं ।

बहु प्रतिभाशाली  व्यक्तित्व आराध्यालक्ष्मी खड्गी अभिनित नेपालभाषाको नयाँ म्यूजिक भिडियो “मतिनाया देशय्” हिजो एक कार्यक्रम बिच प्रिमियर गरियो । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विजयमान सिंहको “भन तिमिलाई” पनि प्रिमियर गरिएको थियो ।

मतिनाया देशय्को म्यूजिक भिडियोमा आराध्यालाई विजयमान सिंहले साथ दिएका छन् भने भन तिमिलाई म्यूजिक भिडियोमा विजयमान सिंहलाई नन्दिता के.सी.ले साथ दिएका छन् ।

कार्यक्रममा नेपालभाषा क्षेत्रका दिग्गजहरु जुजुकाजि रञ्जित, नारायण देवी प्रधान, प्रकाश सायमि, विजयरत्न असंवरे, पवित्र वज्राचार्य लगायतले म्यूजिक भिडियोको बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा विमोचन गरिएका गीतका कलाकार, प्राविधिकका साथै सहयोगीहरुलाई सम्मान स्वरुप मायाको चिनो पनि प्रदान गरिएको थियो ।

म्यूजिक भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *