नेपालभाषामनाेरञ्जन

चर्चित कलाकारहरूद्वारा अभिनित “ज्वरा ज्वरा पर्सि” को प्रिमियर सम्पन्न

११ श्रावण, २०८०, काठमाडौं ।
वरिष्ठ हाँस्य कलाकार, लेखक, निर्देशक एवं गायक हरिबंश आचार्यको प्रमुख आतिथ्यता एवम् वरिष्ठ लेखक, निर्माता, निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यतामा हिजो नेपालभाषाको म्युजिक भिडियो “ज्वरा ज्वरा पर्सि“ को प्रीमियर कार्यक्रम सम्पन्न भयो ।

ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ र गंगाबहादुर मालींको शब्द रहेको ‘ज्वरा ज्वरा पर्सि’ गीतमा मदनकृष्ण श्रेष्ठ, रोजी डंगोल श्रेष्ठ र सरीता शाहीको स्वर रहेको उक्त म्यूजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गर्नु भएको हो ।

चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भूषाल र सूर्यमाला शर्मा खनालको बेजोड अभिनय रहेको उक्त म्युजिक भिडियोको श्रृंगारमा बिन्दिरा श्रेष्ठ, कलर करेक्सनमा संजीवरत्न शाक्य, छायाँकनमा लुजः सिंहले रहेका छन् भने सम्पादन बालकृष्ण बंशीले गरेका छन् ।
गोपालकृष्ण महर्जनले निर्माण गरेको उक्त म्यूजिक भिडियोको गीतको संगीत संयोजन जिवित जल्मीले गरेका छन् भने रेकर्डिङ्ग हरिशरण सायमीले गरेको हो ।

प्रमुख अतिथि आचार्यले नेपालभाषा क्षेत्रमा आफ्नो उपस्थितिको बारेमा प्रकाश पार्दै उत्कृष्ट म्यूजिक भिडियो बनेकोमा उक्त गीत र म्यूजिक भिडियोमा आवद्ध सम्पूर्ण व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा उक्त गीत र म्यूजिक भिडियोमा आवद्ध सम्पूर्ण व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

“ज्वरा ज्वरा पर्सि” म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *