जात्रा पर्वसंस्कृति

जनबहाद्यः धलिं लुइगु (सेतो मत्स्येन्द्रनाथको महास्नान)

१६ पौष २०७९, काठमाडौं ।
जनबहाद्यः धलिं लुइगु (सेतो मत्स्येन्द्रनाथको महास्नान) हिजो पौष शुक्लपक्ष पोहेलाथ्व अष्टमीका दिन केलटोल स्थित जनबहालमा गरियो ।
जनबहाल स्थित सेतो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको महास्नान मण्डपमा तान्त्रिक पूजाआजा पश्चात् सेतो मत्स्येन्द्रनाथलाई विराजमान गराई भव्य महास्नान गरिएको थियो ।
महास्नान दर्शनको लागि राजकीय श्री कुमारीको कुमारी घरबाट जनबहाल यात्रा गराइएको थियो ।
महास्नानको लागि गत बिहीबार गुरुजुहरुद्वारा शोभा भगवती स्थित निर्मल तीर्थबाट तान्त्रिक पूजा आजा गरी जलघडाहरुलाई मन्दिरमा प्रवेश गराइएको थियो ।
तस्बिर © शरण डङ्गोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *