फाेटाे फिचरमनाेरञ्जनस्थानिय समाचार

निरञ्जन रत्न शाक्यका ५ म्युजिक भिडियो सार्वजनिक

१० पुस २०७९, काठमाडौं ।

साहित्यकार, भाषा सेवी  एवं उद्योगी निरञ्जन रत्न शाक्यका ५ म्युजिक भिडियोहरू हिजो यहाँ एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।

चर्चित निर्देशक रामकृष्ण खड्गीद्वारा निर्देशित ‘यम्ह छ यकुम्ह छ’, ‘जिन्दगी होसय् मदुगु’, ‘वइबिल छ’, ‘हुलय्नं याकचा’ र ‘अय्ला अय्ला’ गरी नेपालभाषाका ५ म्युजिक भिडियो मल्ल के सुन्दरको प्रमुख आतिथ्यतामा सार्वजनिक गरियो ।

सङ्गीतकार रिता महर्जनद्वारा सङ्गीतबद्ध गरिएका ती म्युजिक भिडियोहरूमा कलाकारहरू निभा डंगोल, युगेन शाक्य, सृष्टि महर्जन, अमित शाक्य, हसना महर्जन, शोभा महर्जन, बत्स शाक्य, सरिना बज्राचार्य, अन्नपुर्णेश्वरी बज्राचार्य, रोजिना सुवाल, अमोघ वीर बज्राचार्य, चन्दा श्रेष्ठ, मोहिद्धिन खान, रोहित मानन्धर, श्रीश्ना बज्राचार्य लगायत कलाकारहरुका अभिनय रहेका छन् ।

उमिशा पाण्डे तथा पूजा शाहीकोे श्रृंगार, लुःजः सिं तथा रक्की महर्जनको छायांकन, सृष्टि महर्जन तथा राजन शाहीको नृत्य निर्देशन र बालकृष्ण वंशीको भिडियो सम्पादनमा तयार भएका ५ म्युजिक भिडियोमा रिता महर्जन, मिङमा शेर्पा र भूपेन्द्र बज्राचार्यको स्वर तथा सन्तोष महर्जन, भुपेन्द्र बज्राचार्य तथा अनिल नकर्मीको संगीत संयोजन रहेको छ ।

कार्यक्रममा सिने पत्रकार विजय रत्न असंबरे, गायक जुजुकाजी रंजित तथा निर्देशक रामकृष्ण खड्गीले नेपालभाषाका म्युजिक भिडियोको इतिहासका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा म्युजिक भिडियोमा अभिनय गरेका कलाकारहरू तथा विशेष योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *