नेपालभाषामनाेरञ्जन

नेपालभाषाको गीत “जित स्वया मिखा भाय् याना” को प्रिमियर सम्पन्न

२० फागुन २०७८, ललितपुर ।

वरिष्ठ पौभा चित्रकार तथा साहित्यकार स्व. प्रेममान चित्रकारको नेपालभाषाको गीत “जित स्वया मिखा भाय् याना” को म्यूजिक भिडियोकाे प्रिमियर हिजो यहाँ एक कार्यक्रम बिच सम्पन्न भयो ।

जुजुकाजी रंजित र संगिता शाक्यको स्वर एवं जीवित जल्मीको संगीतमा झण्डै १८ वर्ष अघि रेकर्डिङ्ग गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन् ।

कर्म शाक्य र शोभा महर्जनको अभिनय रहेको सो म्युजिक भिडियोको छायांकन तथा सम्पादन बाबु काजी जल्मीले गरेका छन् भने भेषभुषामा गिफ्ट नेपाल र श्रृङ्गारमा पूजा शाही रहेका छन् ।

ललितपुर महानगर वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यको प्रमुख आतिथ्यतामा कलाकार शोभा महर्जनको सभापतित्वमा सम्पन्न सो प्रिमियर कार्यक्रममा निर्देशक रामकृष्ण खड्गी, गायक जुजुकाजी रंजीत, सिनेपत्रकार विजयरत्न असंवरे, संगीतकार जीवित जल्मी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्व. चित्रकारको निर्वाण कामनार्थ महापरित्राण पाठ पनि गरिएको थियो ।

“जित स्वया मिखा भाय् याना” को म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *