पेजथ्री पिपल्स च्वइस अवार्डकाे चौथो संस्करण पुष २४ मा
२४ असोज, २०७८ ।
काठमाडौं ।
नेपालभाषाको मनोरंजनात्मक पाक्षिक पत्रिका पेजथ्रीले मनोरंजन क्षेत्रमा पेजथ्री अवार्ड ने. सं. ११३०, ११३३, ११३७ तेस्रो संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसै क्रममा यसै वर्ष पुष २४ गते चौथो संस्करण पेजथ्री पिपल्स च्वइस अवार्ड १९४२ हुने भएको छ ।
पेजथ्रीका सम्पादक एवं अवार्डका संयोजक दर्शन वीर शाक्यले हिजो यहाँ आयोजित एक पत्रकार सम्मेलनमा सोको जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा इलोहं प्रकाशनका अध्यक्ष नरेश वीर शाक्य, ललितपुर महानगर १६ का वडाध्यक्ष निर्मल रत्न शाक्य र सिने पत्रकार विजय रत्न असंवरेले अवार्डको बारेमा आ–आफ्ना मन्तव्य राखेका थिए । साथै अवार्डका सदस्य अरविन्द्रमान सिंले कार्यक्रममा नामांकन फारामका बारेमा र अवार्डका नियमहरुका सम्बन्धमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
पेजथ्री पिपल्स च्वइस अवार्ड नेपालभाषाको मनोरंजन क्षेत्र अन्तर्गत चलचित्र, म्यूजिक भिडियो र गीत संगीतका विभिन्न ३७ विधामा असोज २३ देखि कार्तिक १४ गतेसम्म नामांकन दर्ता गरिएका मध्येबाट ज्यूरीले उत्कृष्ट ५ छनौट गरी निर्णायकको निर्णय र दर्शकद्वारा भोटिङ गराई बढी अंक प्राप्त गर्नेलाई उत्कृष्ट घोषणा सहित अवार्ड प्रदान गरिने छ ।
त्यस मध्ये ज्यूरीलाई पनि विशेषाधिकारका साथ ज्यूरी च्वाइस अवार्डको पनि व्यवस्था गरिएको छ भने लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपालभाषाको क्षेत्रमा विशेष योगदान दिएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

अवार्डकाे लागि नामांकन असोज २३ देखि कार्तिक १४ गतेसम्म गर्न सकिने, नामांकन घोषणा पुष १० गते गरिने र अवार्ड वितरण पुष २४ गते हुनेछ ।
अवार्डका ३७ विधाहरु निम्नानुसार छन् ः
१. उत्कृष्ट पुरुष कलाकार मूख्य भुमिका
२. उत्कृष्ट महिला कलाकार मूख्य भुमिका
३. उत्कृष्ट पुरुष कलाकार सहायक भुमिका
४. उत्कृष्ट मिसा कलाकार सहायक भुमिका
५. उत्कृष्ट कलाकार हाँस्य भुमिका
६ उत्कृष्ट कलाकार खल भुमिका
७. उत्कृष्ट स्कीनप्ले
८. उत्कृष्ट संवाद
९. उत्कृष्ट क्यामरा पर्सन
१०. उत्कृष्ट सम्पादन
११. उत्कृष्ट कोरियोग्राफर
१२. उत्कृष्ट ओरिजिनल साउण्ड ट्रायक
१३. उत्कृष्ट फिल्म
१४. उत्कृष्ट निर्देशक
१५. उत्कृष्ट पुरुष मोडल कलाकार
१६. उत्कृष्ट महिला मोडल कलाकार
१७. उत्कृष्ट म्युजिक भिडियो
१८. उत्कृष्ट क्यामरापर्सन म्युजिक भिडियो
१९. उत्कृष्ट कोरियोग्राफर म्युजिक भिडियो
२०. उत्कृष्ट निर्देशक म्युजिक भिडियो
२१. उत्कृष्ट सम्पादन म्युजिक भिडियो
२२. उत्कृष्ट मेकअप
२३. उत्कृष्ट ड्रेस
२४. उत्कृष्ट पुरुष गायक
२५. उत्कृष्ट महिला गायिका
२६. उत्कृष्ट संगीत
२७. उत्कृष्ट शब्द
२८. उत्कृष्ट संगीत संयोजक
२९. उत्कृष्ट अल्बम
३०. उत्कृष्ट पुरुष गायक आधुनिक
३१. उत्कृष्ट महिला गायक आधुनिक
३२. उत्कृष्ट संगीत आधुनिक
३३. उत्कृष्ट शब्द आधुनिक
३४. उत्कृष्ट संगीत संयोजक आधुनिक
३५. उत्कृष्ट युगल गायन
३६. उत्कृष्ट नव प्रतिभा पुरुष
३७. उत्कृष्ट नव प्रतिभा महिला
