एक व्यक्ति एक पद सम्बन्धमा युवा संघ १५ वडाको ध्यानाकर्षण, संयुक्त राजिनामाको चेतावनी
२३ असोज २०७८ ।
काठमाडौं ।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा पार्टी कमिटीलाई हिजाे ध्यानाकर्षण सहितको एक ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमालेको भर्खरै सम्पन्न विधान अधिवेशनबाट पारित भएको “एक व्यक्ति एक पद” को अवधारणा काठमाडौं जिल्ला ८ नं. क्षेत्रीय कमिटीमा लागू नभएको भनी उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।
विधान अधिवेशनबाट पारित नीति लागू नभए १५ वडाको पार्टी कमिटी र युवा संघ कमिटीले संयुक्त रुपमा राजिनामा दिने चेतावनी समेत उक्त पत्रमा जनाइएको छ ।
संगठनमा कुनै योगदान नगरेकाहरुलाई चाकडी, चाप्लुसी र गुलामीको भरमा गरिएका नियुक्तीहरुलाई सच्याई एक व्यक्ति एक पदको नीति लागू गर्नेमा युवासंघ नेपाल १५ वडा कमिटी विश्वस्त रहेको पनि बताइएको छ ।