नेपाल भाषाको नयाँ चलचित्र घोषकको प्रिमियर–सो
आश्विन १०, २०७८ ।
शरण डंगोल, काठमाडौं ।
चिराग फिल्मस्को ब्यानरमा रोशन बज्राचार्य र प्रेमा शाक्य निर्माता रहेको शान्तिका अग्रदुत गौतम बुद्धकालिन ऐतिहासिक कथाबस्तुमा निर्मित घोषकको प्रिमियर–सो हिजो यहाँ सम्पन्न भएको छ ।
![]()
का.म.पा.का मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मेयर विद्या सुन्दर शाक्यले नेपालभाषाका चलचित्रहरुको प्रदर्शनको लागि निर्माणाधिन देय् दबूको भवनमा एक उत्कृष्ट हल निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरेको छ ।
![]()
विशेष अतिथि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले ज्ञान बिनाको धर्म धर्म होइन भन्दै चलचित्र निर्माणमा ठूलो लगानी रहेको हुन्छ जसबाट प्रतिफल पाउन सम्पूर्ण कलाकार तथा प्राविधिक टिमले उत्कृष्ट भूमिका निर्वाह गर्नु पर्ने बताए ।
अतिथि भिक्षु निग्रोध महास्थवीरले बुद्ध बचन सहित बुद्धका उपदेशका कथाहरु सुनाउँदै घोषक सेंठको ऐतिहासिक कथा सबिस्तार प्रस्तुत गरे ।
![]()
कार्यक्रममा पटकथा लेखनीको जिम्मा पाएका पेज थ्रि साप्ताहिकका सम्पादक दर्शन वीर शाक्यले घोषकका पात्रहरु तोकिएका कलाकारहरुबाट नै अभिनय गराएकोमा निर्माता, निर्देशक लगायतलाई धन्यवाद दिए ।
कार्यक्रममा घोषकका कलाकार, प्राविधिक लगायतलाई सम्मान पनि गरिएको थियो ।
राजेन्द्रमान शाक्य, प्रेमा शाक्य, पल्पसा डंगोल, धिरेन शाक्य, किशोर चिपालु, अञ्जली शाक्य, अन्नपूर्णेश्वरी श्रेष्ठ, उदेन न्हुसायमी, राजु महर्जन, श्याम सुन्दर शिल्पकार, अन्नपूर्णेश्वरी शिल्पकार, राम राजा भाम, सरस्वती मानन्ध, भिमसेन रिसाल, इक्रिना बल्लको मुख्य भूमिका रहेको घोषक चलचित्रको निर्देशन अमृत चरण श्रेष्ठ तथा सह–निर्देशन राजन शाहीले गरेका छन् ।
लेखक धर्म रत्न शाक्य “ऋषी”को ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र घोषकमा पटकथामा दर्शन वीर शाक्य, छायांकनमा रवि सायमी, कोरियोग्राफरमा कल्पना बज्राचार्य, राजन शाही र रोहीया महर्जन, श्रृंगारमा उमिसा पाण्डे र पूजा शाही, गायनमा संगिता शाक्य, रत्नशोभा महर्जन र किरणकुमार शाक्य तथा संगीतमा गोविन्द ह्युमत र जीवित जल्मी रहेका छन् ।
![]()