खेलस्थानिय समाचार

जैशीदेवलमा प्रथम इन्टर डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न

१० आश्विन २०७८, काठमाडौं ।्

जैशीदेवल युथ क्लब र जैशीदेवल तेक्वान्दो डोजाङ्गको आयोजनामा हिजो प्रथम इन्टर डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगितामा महिला पुम्सेमा मुबेक्षा गजुरेल, आस्ना राणा र झरना थापा तथा पुरुष पुम्सेमा स्वनिगः श्रेष्ठ, प्रसन्न रंजित र रोजन प्रजापति क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने उत्कृष्ट महिला खेलाडीमा सुप्रिया खत्री तथा उत्कृष्ट पुरुष खेलाडीमा निरज ठकुरी भए ।

समुहगत प्रतियोगिता भएको उक्त प्रतियोगितामा गु्रप ए मा रानीकुमारी, ईरिका खड्गी र निकेन श्रेष्ठ, गु्रप बी मा सुप्रिया खत्री, करिश्मा थामी र विधी क्षेत्री, गु्रप सी मा सुदिन कपाली, संजिव श्रेष्ठ, सोहन बस्नेत, गु्रप डी मा संगम बस्नेत, आर्या लामा र श्रीजन खत्री, गु्रप ई मा विकी कुमार, आयुष भूजेल र सुनिल महर्जन, गु्रप एफ मा प्रस्सु कर्माचार्य, विशेष रंजित र अनिष महर्जन, गु्रप जी मा श्रृष्टी पोखरेल, रुपा तलागी र कविता बानियाँ, गु्रप एच मा प्रजिन श्रेष्ठ, रिजन तामाङ्ग र सौरभ थापा, गु्रप आई मा राजाबाबु श्रेष्ठ, यूनिङ्ग श्रेष्ठ र सुसांत लामा, गु्रप जे मा रिसान तामाङ्ग, जिगर राना मगर र सुजित पोडार, गु्रप के मा आस्ना मगर, सोनी बानियाँ र सदिक्षा श्रेष्ठ, गु्रप एल मा हेमन्त पाठक, सन्देश राई र प्रशान्त रंजित, गु्रप एम मा समर्थ ध्वज जोशी, निजन भण्डारी र स्वनिगः श्रेष्ठ, गु्रप एन मा रोजन प्रजापति, समिर लामा र जेसन ध्वज नकर्मी, गु्रप ओ मा झरणा थापा मगर, जानु दिपकार र सुप्रिया जोशी र गु्रप पी मा राहुल लिम्बु, राजिव गुरुङ्ग र संदिप राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने गु्रप क्यू मा निरज ठकुरी प्रथम र सुरेश लिम्बु द्वितीय भए ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए भने उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नेपाल चलचित्र संघका अध्यक्ष, नेपाली काँग्रेस २१ वडा कमिटीका उपसभापति एवं पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मधुसुदन प्रधानद्वारा नगद पुरस्कारको प्रायोजन गरेका थिए भने हुकुम मालिस तेल (ओम् श्रीनाथ हर्बल प्रोडक्ट) बाट ट्राउजर १।१ सेट प्रदान गरेका थिए ।

रिलायन्स फाईनान्सका कार्यकारी अधिकृत अनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष राजेश प्रजापतिले गरेका थिए ।

प्रतियोगितामा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, २१ वडाका वडाध्यक्ष उदय चुडामणी बज्राचार्य, नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्कर लगायत क्लबका पदाधिकारी, सदस्य एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *