बुंगद्यः (रातो मच्छिन्द्रनाथ) रथारोहण आज

२९ बैशाख २०७८
बी.आर. श्रेष्ठ, ललितपुर ।

वर्षा र सहकालका देवता बुंगद्यः (रातो मच्छिन्द्रनाथ) को पूर्णकदको मूर्तिलाई आज यहाँ पुल्चोक स्थित नवनिर्मित रथमा विराजमान गराइदैछ ।

रातो मच्छिन्द्रनाथको महास्नानको केही दिन पश्चात शुरु भएको रथ निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिन्छ भने चार दिन पश्चात रथयात्रा शुरु गरिन्छ । गुथियारहरुका अनुसार रथयात्राको लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ ।

यस वर्ष कोरोनाको नयाँ भेरियन्टका कारण जात्रा, पर्व, मेला आदि गर्न स्थानिय प्रशासनबाट निषेधाज्ञाको आदेश जारी भएतापनि कोभिडको नयाँ भेरियन्टको संक्रमणबाट बच्न र बचाउन आवश्यक मापदण्ड पूरा गरी सीमित व्यक्तिको सहभागितामा मच्छिन्द्रनाथलाई रथारोहण गराइने छ भने चौथो दिनबाट रथयात्रा गरि नगर परिक्रमा गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *