स्थानिय समाचारस्वास्थ्य

महानगर १५ का युवाहरु सक्रिय

३१ बैशाख २०७८ ।

केही दिन अघिदेखि स्वयम्भू भगवान पाउँमा हेल्प डेस्क संचालन गरिरहेका राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा कोभिडको यस विषम परिस्थितिमा हिजो एक स्थानियलाई अक्सिजन उपलब्ध गराएको छ ।

आफू पनि बचौ अरुलाई पनि बचाऔ भन्ने नाराकासाथ अघि बढिरहेको युवा संघ १५ वडा कमिटीले इमर्जेन्सी अक्सिजनको आवश्यकता भएको खबर प्राप्त हुनासाथ निज परिवारलाई अक्सिजन उपलब्ध गराएको थियो ।

नेकपा एमाले महानगर कमिटीका सदस्य उद्धव खड्गीले नेकपा एमाले १५ वडा कमिटी तथा १५ वडा युवा कमिटीले यस्तो घडीमा आफ्ना वडाबासीहरुको लागि निरन्तर स्वयंसेवक रूपमा परिचालित हुनुका साथै सहयोग गर्ने बताए । साथै यस्तो परिस्थितिमाको १५ वडा बासीहरुलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र संयमित भएर घरमा बसिदिनु हुन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *