स्वयम्भू भगवान पाउँमा हेल्प डेस्क शुरु, प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई सेवा दिइने
२६ बैशाख २०७८ ।
उद्धव खड्गी, काठमाडौं ।
राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटिले कोभिड महामारीको विषम परिस्थितिमा अग्रपंक्तिमा रही अहोरात्र खटिरहेका प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण कार्यक्रम शुरु गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष वचन बहादुर सिंहको उपस्थितिमा हिजो स्वयम्भू भगवान पाउँमा हेल्प डेस्क शुरु गरी उक्त सामाग्रीहरु वितरण गरेका थिए ।

अध्यक्ष वचन बहादुर सिंहले कामपा १५ वडा कमिटिले गरेको कार्य सह्राहनिय रहेको र अगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्न निर्देशन दिंदै आवश्यक सहयोग गर्ने वचन दिनुभयो । 
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिनले अध्यक्ष सिंहलाई राष्ट्रिय १५ वडा युवा कमिटिद्वारा गरिएका घर दैलो मास्क वितरण, जनचेतना जगाउन माइकिङ कार्यक्रम तथा स्थानीयहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको कुरा जानकारी दिदै भोलिबाट स्वयम्भू प्रहरीसँग सहकार्य गरि कार्यक्रम अगाडी बढाउने बताए ।
हेल्प डेस्क सञ्चालनमा स्थानीय महिला स्वयंसेवीकाहरु तपना नेम्बाङ, उमा खड्गी, नर्बदा खड्का, रेबिका महर्जन लगायत रमेश आचार्य, शिव कुमार महर्जन, सन्तोष अर्याल, मन्जिब क्षेत्री, सुरेन्द्र थापा, धावा रुम्बा, लक्ष्मण शाही, उद्धव खड्गी, किसन डंगोल, नियाज उदिन, सञ्जय शाही लगायतको उपस्थिति रहेको थियो ।