जात्रा पर्वसंस्कृति

श्री रातो मत्स्येन्द्रनाथको रथ निर्माण कार्य शुरु

ललितपुर, १८ बैशाख २०७८ ।

कोरोना महामारीका कारण गत वर्ष रथारोहण गरिसकेपछि पनि जात्रा गर्न नसकि अकल्पनिय घटनापश्चात जात्रा सम्पन्न गरेको श्री रातो मत्स्येन्द्रनाथको यस वर्षको रथ जात्राको लागि केहीदिन अघिबाट पुल्चोकमा रथ निर्माण कार्य शुरु भएको छ ।

सामान्यतः श्री रातो मत्स्येन्द्रनाथको महास्नान गरेको भोलिपल्टबाट रथ निर्माण कार्य अघि बढाउनु पर्ने भएतापनि विविध प्राविधिक कारणले दुई दिन ढिलो गरी रथ निर्माण कार्य शुरु भएको हो ।

यस वर्ष कोरोनाको नयाँ भेरियन्टका कारण जात्रा, पर्व, मेला आदि गर्न स्थानिय प्रशासनबाट निषेधाज्ञाको आदेश जारी भएतापनि श्री रातो मत्स्येन्द्रनाथको रथ निर्माणको लागि स्थानीय प्रशासन, गुथि संस्थानबाट स्वीकृति प्राप्त भै सहयोग गर्ने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *