जात्रा पर्वफाेटाे फिचरसंस्कृति

पाहाँचह्रे जात्रा सम्पन्न

काठमाडौं, ३१ चैत्र २०७७ ।

पाहाँचह्रे जात्रा अन्तर्गत हिजो असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । कंगः अजिमा, वंचुभुलु अजिमा र लुमरि अजिमाका बिच असनमा चिराग साटासाट गरी द्यः ल्वाकेगु जात्रा गरिएको थियो । हरेक वर्ष पारु (चैत्र शुक्ल प्रतिपदा) को दिन सिन्दुर जात्रा गर्दै असनमा पुगि यसरी द्यः ल्वाकेगु जात्रा गर्ने गरिन्छ ।

कंगः अजिमा, वंचुभुलु अजिमा र लुमरि अजिमा तीन दिदी बहिनीहरुबिच भलाकुसारी गर्ने स्वरुपमा लिई यसरी द्यः ल्वाकेगु अर्थात् खट जुराउने गरिन्छ । यसै अन्तर्गत एकदिन अघि मध्यरातमा तिंख्यः (टुँडिखेल)मा पनि यसरी खट जुराउने गरिएको थियो ।

पाहाँचह्रेको अवसरमा नगर भित्र रहेका तकती अजिमा, कंग अजिमा, लुँति अजिमा, ङतभुलु अजिमा, वचुभुलु अजिमा, लुमरि अजिमा, लुचुँभुलु अजिमा, किलागः गणेश, त्यंघः गणेश लगायतका देवताहरुको खटहरु जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ ।

हेर्नुहोस् फोटो फिचर

फोटो ः प्रकाश मानन्धर, शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *