संस्कृति

रातो मत्स्येन्द्रनाथको रथयात्रा समाप्त, शनिबार भोटो जात्रा

१९ जेष्ठ २०७९, ललितपुर ।

विश्वको सबैभन्दा लामो  रथयात्रा हुने श्री मत्स्येन्द्रनाथको रथ यात्रा जाह्वलाजात्रा सँगै सम्पन्न भएको छ । हिजो लगनखेलको इतिटोलबाट श्रीको रथयात्रा गर्दै जाह्वलाखेलमा पुर्याइएको थियो ।


धर्मावलम्बीहरुको अपार सहभागिता रहेको सो यात्रामा मिननाथको रथ पनि जाह्वलाखेल पुर्याइएको थियो ।

२१ गते शनिबार भोटो जात्रा पश्चात मत्स्यन्द्रनाथलाई खटमा बिराजमान गराई बुंगमती पुर्याएपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुँनेछ ।

भोटो जात्रा सम्बन्धी एक किंवदन्ती
परापूर्वकालमा एक किसानले कर्कोटक नागराजकी रानीको आँखाको रोग निको बनाएपश्चात नागराजले खुसी हुँदै किसानलाई के इच्छा छ माग भन्दा किसानले रानीले लगाएको भोटो मागे । त्यसपछि नागराजले उक्त बहुमूल्य रत्नजडित भोटो किसानलाई दिए । एकदिन आफ्नो खेतमा काम गर्दै गर्दा उक्त भोटो हराएछ ।
उनले धेरै खोजे रत्नजडित भोटो तर भेटिएन । एक दिन जाह्वलाखेलमा रातो मच्छिन्द्रनाथको दर्शन गर्न जाँदा उसले उपहारमा पाएको उक्त भोटो एकजना राक्षसले लगाएको देखेछ । तिनले मेरो हराएको भोटो यही हो फिर्ता पाउँ भन्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुगेछ । दुवैले सो भोटो आफ्नै हो भनी पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले स–प्रमाण भोटो मेरो हो भन्छ उसैलाई दिने शर्तमा नासोको रूपमा उक्त भोटो श्रीको चरणमा राखिएको बताइन्छ । प्रत्येक वर्ष उक्त भोटो आफ्नो हो भनी दावी गर्नको लागि जाह्वालाजात्राको चौथौं दिन श्रीको रथबाट चारै दिशामा देखाउने परम्परा बसेको विश्वास गरिन्छ, जसलाई भोटो जात्रा भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *