राजनीतिस्वास्थ्य

विपिको संगतमा हुर्केका देवेन्द्र बिक्रम नेम्बाङ ओझेलमा

१९ जेष्ठ २०७९ ।
उद्धब खड्गी, काठमाडौं ।

लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक विपि कोइरालाको प्रशिक्षणमा हुर्केका समाजवादी नेता देवेन्द्र बिक्रम नेम्बाङ जसले कहिल्यै पदको लोपमा नपरी सधैं विपिले कोरेका समाजवादी विचारहरुलाई पछ्याउँदै पूर्वी नेपालको झापामा नेपाली काँग्रेसको जग बसाल्नको लागि अग्रणी स्थानमा रही देश र जनताका निमित्त तन, मन र धनले पार्टीप्रति दत्तचित्त भै सेवा गर्दै आइरहेका एक कार्यकर्ता हुनुहुन्छ ।

जनताका विविध समस्याका लागि सेवा गर्नेहरुको नाममा अग्रपंक्तिमा देवेन्द्र बिक्रम नेम्बाङको नाम यस भेगबाट जहिल्यै पहिलो स्थानमा पर्दछ । साथै नेम्बाङले झापाको मेची नगरपालिका–१० धुलावारी मोडमा नेपाली कांग्रेस क्षेत्र न. १ को क्षेत्रिय कार्यालय भवन निर्माणका लागी एक कठ्टा जग्गा दान गरेका छन् भने धुलाबारी मोडमा नै त्रिफला राष्ट्रिय पुस्तकालयको भवन निर्माणका लागि जग्गा दान गरेका छन् । त्यस्तै मेची नगरको धुलाबारी चोकमा रेडक्रस भवन निर्माणका लागि पनि एक कठ्ठा जग्गा दान गरेका छन् ।

यिनै समाजवादी नेता देवेन्द्र बिक्रम नेम्बाङ आफ्नो मृगौला सम्बन्धी रोगका कारण अहिले उहाँ आफ्नो स्वास्थ्यलाभको लागि उपचारार्थ पुल्चोक स्थित निदान अस्पतालमा उपचाररत हुनुहुन्छ ।

नेम्बाङले आफ्नो स्वास्थ्यको भन्दा बढी चिन्ता समाज, देश, जनता र आफ्नो पार्टी नेपाली कांग्रेस प्रति रहिआएको छ । विपिको संगतमा हुर्किएको एक कर्मठ कांग्रेस भएकोले होला सायद उहाँले सधै देश, जनता र पार्टी प्रति चिन्ता व्यक्त गर्ने गर्दै आएका छन् । अहिले नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको राजनीतिक थलो झापामा कांग्रेसले कांग्रेस खोजिरहेको अवस्थामा यस्ता विपिको संगतमा हुर्केका कांग्रेसहरू भेट्टाउन धेरै गाह्रो छ ।

त्यसैले नेम्वाङ प्रति सबैले श्रद्धाकासाथ सम्मान प्रकट गर्नु आवश्यक छ । देवेन्द्र बिक्रम नेम्बाङ नेपालको राजनितिक पार्टीहरुबिच एक प्रतिनिधी पात्र मात्र हुन । नेम्वाङ जस्ता हज्जारौं सच्चा कार्यकर्ताहरू अहिले पार्टीमा ओझेलमा रहेका छन् । उहाँहरू जस्ता थुप्रै पार्टीका सच्चा कार्यकर्ता नेताहरुलाई पार्टीले समयमानै सम्मानकासाथ सम्झनु पर्दछ । अझ झन् झापाको माटोले यस्ता सच्चा कांग्रेसीलाई सम्झनु पर्ने वेला आएको छ । यीनै कुराहरूलाई मनन गर्दै नेम्वाङका जेठी छोरी थिङकु नेम्बाङ पनि बुवाको पाइलालाई पछ्याउँदै, नेपाली काँग्रेस मेचीनगर समितिमा रहेर काम गरिरहेकी छिन् भने साइली छोरी तपना नेम्वाङ नेकपा एमाले कामपा १५ वडा कमिटीमा रहेर आफ्नो बाबुले सिकाएका पार्टी प्रति बफादार बनि पाइला चाल्दै अघि बढी रहेको छ ।

देवेन्द्र बिक्रम नेम्वाङ जस्ता पार्टीका सच्चा सिपाहीहरुको कदर गर्नुका साथै उच्च स्थान दिइ अगाडि बढ्नु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *