जात्रा पर्वमहानगर समाचार

मनमानेश्वरी तथा पायः जात्रा सम्पन्न भएको उपलक्ष्यमा महालक्ष्मीस्थानमा विशेष पूजा सम्पन्न

५ कार्तिक २०७८, ललितपुर ।

विजयादशमीको सप्तमीदेखि शुरु भै एकादशीको दिन सम्पन्न भएको मनमानेश्वरी भवानी जात्रा तथा पायः जात्रा सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा कोजाग्रत पूर्णिमाका दिन श्री महालक्ष्मीस्थान, ललितपुरमा विशेष पूजा सम्पन्न गरी भक्तजनहरुलाई प्रसाद वितरण गरिएको छ ।

विशेष पूजा पश्चात आयोजित एक अनौपचारिक कार्यक्रममा मूछेँ आगम घरका मूल गुथियार साम्राज्यदेव श्रेष्ठले साँस्कृतिक परम्परामा निरन्तर सहयोगको अपेक्षासहित जात्रा संचालनार्थ विशेष सहयोग गर्ने ललितपुर महानगर १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य तथा गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्यलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सो कार्यक्रममा मूर्तिकार नरेशमान शाक्यले संस्कृतिको जगेर्ना र निरन्तरताको कामनासहित मूल गुथियार साम्राज्य देव श्रेष्ठ एवं यसै वर्षदेखि जात्रामा जोडिएका सुनील र सुहेल श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा ललितपुर महानगरका मेयर, उपमेयर लगायत अन्य भक्तजनहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *