नेपालभाषास्थानिय समाचार

नेपाल सम्बत् ११४२ लाई स्वागत गर्दै नेवाः जातीय महासंघको भिंतुना आदान प्रदान कार्यक्रम सम्पन्न

८ कार्तिक २०७८, काठमाडौं ।

जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिंदै नेपालीहरुको दोश्रो महान चाड यमपञ्चक र नयाँ वर्ष नेपाल सम्वत् ११४२ को शुभ अवसरमा गत शनिबार शुभकामना आदान प्रदान गर्दै नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति भएकोमा दोष दिँदै जातिय एकताबाटै देशलाई पनि बलियो बनाउन सकिनेमा जोड दिए ।


कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले नेवाः समुदायमा भएको बहुजातीको बहुधर्म, बहुसंस्कृति नै नेपाल राष्ट्रकैसमेत शक्ति र पहिचान भएको विचार राख्दै समुदायको यहि विविधतायुक्त शक्तिलाई संगठित गर्दै महासंघ गठन गरिएको जानकारी दिनुभयो । ‘नेवाः समाजमा विभिन्न जातजाति, धर्म, संस्कृति छ । यी सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य हो । सबैलाई यसमा संगठित हुन म आह्वान गर्न चाहन्छु’ खड्गीले भने ।

त्यसैगरी सबै जातीय संघसंस्थाको प्रतिनिधित्व गर्दै आफ्नो विचार राख्ने क्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले महासंघले देशैभरिका नेवार जातीय संघसंस्थालाई संगठित गर्दै समुदाय र देशकै विकासमा टेवा दिनमा लाग्नुपर्ने विचार राख्नुभयो । विभिन्न जातीय संस्थाहरु एक आपसमा सहकार्य र सहयोग गर्दै आ–आफ्नो समस्या समाधान गर्दै बलियो समाज निर्माणमा लाग्नुपर्ने राजोपाध्यायको सुझाव थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष वरिष्ठ पत्रकार दानदास श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै महासंघलाई मजबुत बनाउन सबैले सहयोग गर्न अपिल गरेका थिए ।

कार्यक्रममा महासंघका पदाधिकारीको परिचय गराउनुका साथै महासंघका अध्यक्ष खड्गीको साथमा विभिन्न जातीय संस्थाका अध्यक्षहरुबाट संयुक्त रुपमा महासंघको लोगो र संचारकर्मी साथै लेखक पदम श्रेष्ठबाट लिखित ‘जातजाती र संघीयता : कति ठिक कति वेठिक’ पुस्तक सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *