नेपालभाषामहानगर समाचार

समाजसेवी एवं उद्योगपति रमेश महर्जन रहेनन्

२ कार्तिक २०७८, ललितपुर ।

नेपाल सम्बत् न्हुदँ समारोह समितिका पूर्व अध्यक्ष, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाल मण्डल टेलिभिजनका अध्यक्ष तथा आर.बी. डाइमण्ड ज्वेलर्सका सञ्चालक रमेश महर्जनको कोभिडका कारण हिजो निधन भएको छ ।

महर्जनका श्रीमती र परिवारका अन्य सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएकोमा अन्य सदस्यहरु रिकभर भएपनि उनको भने पुष्टि भएको एक साता नबित्दै उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्यमा असहज महशुस भएपछि महर्जन गत असोज २६ गते पीसीआर परीक्षण गर्दा सीटी भ्यालु २१, २२ सहित पोजिटिभ रिपोर्ट आएको थियो । तत्पश्चात उनी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

१ छोरा र २ छोरीका पिता महर्जनको स्वास्थ्य अवस्था क्रमशः बिग्रदैँ गएपछि सोमबार बिहान ११ बजे उपचारकै क्रममा निधन भएको परिवार स्रोतले बताएका थिए ।

नेपालभासा संचार क्षेत्रमा अग्रणी भूमिका रहेका समाजसेवी एवं उद्योगपति महर्जनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *