खेलमनाेरञ्जन

एम्स आर्टिष्ट फुटसल सम्पन्न, चैत्र १४ मा पुरस्कार वितरण गरिने

काठमाडौं, २ चैत्र २०७७ ।

एम्स आर्टिष्ट फुटसल प्रतियोगिता अन्तर्गत गत शनिबार सम्पन्न खेलहरुमा पुरुषतर्फ गायक तथा संगितकार भीम तुलाधरको टिम प्रथम भएको छ भने कलाकार कृष्णभक्त महर्जनको टिम दोस्रो तथा संचारकर्मी भाईकाजी महर्जन नयनको टिम तेस्रो भए भने महिला तर्फ कलाकार पल्पसा डंगोलको टिम, गायिका सरस्वती मानन्धरको टिम र कलाकार हिसिला महर्जनको टिम क्रमसः प्रथम, दोश्रो र तेस्रो भएका छन् ।

मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टरमा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए ।

एम्स आर्टिष्ट फुटसल प्रतियोगिताका आयोजक एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.का अध्यक्ष सुरेन्द्र महर्जन तापाख्यःमिका अनुसार प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई आगामी चैत्र १४ गते एक विशेष कार्यक्रमका बिच पुरस्कार वितरण गरिनेछ ।

उक्त प्रतियोगितामा नेपालभाषा क्षेत्रका कलाकार, साहित्यकार, पत्रकार लगायतले सहभागिता जनाएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *