फाेटाे फिचरसंस्कृतिस्थानिय समाचार

पनौतीमा श्री कुमारीको भव्य पूजा

पनौती, २९ फागुन २०७७ ।

ह्यूमत मिसा पुचःको आयोजनामा तेश्रो वृहत जीवित देवी श्री कुमारीको पूजा गर्ने क्रममा आज पनौतीका जीवित देवी श्री कुमारीको भव्य पूजा सम्पन्न भयो ।

यस अन्तर्गत गत फागुन २२ गते आयोजकहरुबाट आजको पूजाको निमित्त “ग्वय् दाँ तयेगु” अर्थात पूजाको लागि निवेदन गर्ने कार्यक्रम सम्पन्न गरेका थिए ।

आयोजक र स्थानीय बाजागाजा तथा भक्तजनहरुको लावालस्कर सहित श्री कुमारीलाई निजको निवासबाट लाय्कु क्षेत्रमा रहेको तलेजु परिसरमा लगिएको थियो । लाय्कु स्थित दबलीमा बिराजमान गराई आयोजक र अन्य सयौं श्रद्धालु भक्तजनहरुबाट श्री कुमारीको पूजा अर्चना गरिएको थियो ।

यहाँ जीवित देवी श्री कुमारीको प्रथा लोप भइसकेकोमा ह्यूमत मिसा पुचःकै सक्रियतामा केही वर्ष अगाडि पुनःस्थापित गर्न अहम् भूमिका निभाएका थिए ।

२०७१ सालदेखि हालसम्म पनौतीको राजकीय कुमारीको रुपमा ओजस्वी घुलु जीवित देवी श्री कुमारीको आशनमा बिराजमान हुनुहुन्छ ।

आजै साँखुका जीवित देवी श्री कुमारीको पनि पूजा गरिने छ ।

तस्वीर ः अशेष सैंजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *