मनाेरञ्जनस्थानिय समाचार

“आसकुति” को पहिलो शो आगामी चैत्र २१ गते

ललितपुर, २ चैत्र २०७७ ।

नेपालभाषाका चलचित्र तथा टेलिसिरियलमा सक्रिय निर्देशक एवं कलाकार सुरेन्द्र तुलाधरद्वारा निर्देशित नेपालभाषाको नयाँ चलचित्र “आसकुति” को पहिलो च्यारिटी शो आगामी चैत्र २१ गते सिटिसी मल सुन्धारामा गर्ने भएको छ ।

आयाम फिल्मस् को ब्यानरमा निर्माता बुलाल महर्जन रहेको नेपालभाषाको कलात्मक चलचित्र “आसकुति” को ट्रेलर र गीतको लोकार्पण कार्यक्रममा च्यारिटी शो गरिने जानकारी दिंदै तत्पश्चात् भविष्यमा कम्तिमा ८ दिनसम्म लगातार सो चलचित्रको प्रदर्शन गर्ने योजना रहेको आयोजकले बताए ।

जीवनमा सबैभन्दा ठूलो सम्पत्ति भनेकै परिवार हो, यो भन्दा ठूलो सम्पत्ति संसारमा कतै नपाइने मार्मिक सन्देश दिंदै तयार भएको यस चलचित्रको मुख्य भूमिकामा सुरज ब्यञ्जनकार, कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रञ्जना सिथिखु, रोहन ब्रजापति, बुलाल महर्जन, सबिनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्य लगायतको अभिनय रहेको छ ।

छायांकन र सम्पादनमा अमर चित्रकार, कोरियोग्राफरमा निलिशा शाक्य, सहायक निर्देशकमा सविनरत्न शाक्य, निर्माण नियन्त्रकमा मञ्जिल शाक्य, मेकअपमा पूजा शाही, पोष्ट प्रोडक्सनमा सिनेजोन बागबजार र डबिंगमा सुजन बडाल रहेका छन् ।

निर्देशकको शब्द रहेको सो चलचित्रको गीतमा संगीतकार नील शाक्य, संगीत संयोजनमा भूपेन्द्र बज्राचार्य, रेकर्डिष्टमा सुरेन्द्र श्रेष्ठ रहेको छ भने सतिस महर्जन, निशा देसार र दिपा महर्जनले स्वर दिएका छन् ।

कार्यक्रममा निर्देशक सुरेन्द्र तुलाधर, सिने पत्रकार विजयरत्न असंबरे लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *