प्रबज्या संवर अन्तर्गत आचाः लुइगु सम्पन्न

काठमाडौं, १२ फागुन २०७७ ।

रत्नकेतु महाविहार (झ्वाबहाः) को जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा मूलाचार्य र उपाध्यायको उपस्थितिमा सर्व संघका थकाली स्थविरहरुले मूल अर्थात प्रबज्याका दिन प्रबज्या संबर अन्तर्गत भिक्षुहरुलाई चिवर वस्त्र, पिण्डपात्र र खिखरिका प्रदान गरी भिक्षु जीवनयापन गरेको ४ दिन पछि हिजाे सो चिवर वस्त्र, पिण्डपात्र फिर्ता लिई प्रबज्या संबरमा सहभागीहरुलाई गृहस्थाश्रममा फिर्ता गरियो । जसलाई चिवर क्वतेलेगु पनि भनिन्छ ।

मूलाचार्यले विहारमा कलशाचरण पूजा पश्चात पिण्ड पात्र फिर्ता गरिन्छ । तत्पश्चात गुह्य अभ्यन्तर पूजा गरी प्रबज्या संबरमा सहभागीहरुलाई आचार्याभिषेक गरिन्छ ।

आचार्यभिषेक पछि तिनीहरुलाई क्वापाद्यः (गन्धकुटी देवता) अगाडि सहस्राहुति होम पूजा गराइन्छ र सो पुजा पश्चात घण्ट, बज्र र मुकुट लिई देजला भनि थहने पुई अन्तर्गतका इलाकाहरुमा देजलामा जाने गरिन्छ । देजला अन्तर्गत रत्नकेतु महाविहारबाट थँहिति, त्यौड हुँदै असनमा रहेको न्या ल्वहं परिक्रमा गरी पुनः विहारमै पुगेपछि विहारमा भित्र्याई सो देजला समापन गरिन्छ र पुनः विहारमा रहेको आगम कोठामा गोप्य लोकोत्तरगनसूत्र पूजा पश्चात आचा लुईगु कार्यक्रम सम्पन्न हुन्छ । यसरी देजलाका क्रममा विभिन्न स्थानमा पूजा पनि गरिन्छ ।

यस प्रकार प्रबज्या संवर अन्तर्गत आचाःलुइगु कार्यक्रम सम्पन्न भए तापनि संघ प्रवेश लगायतका अन्य कार्यक्रमहरु बाँकी नै रहेको प्रबज्या संवर कार्यक्रमका उपाध्याय दिपेन्द्र बज्राचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *