खेलमनाेरञ्जनस्थानिय समाचार

एम्स आर्टिस्ट फुटसलको आयोजना हुने

काठमाडौं, १४ फागुन २०७७ ।

एम्स इन्टरटेनमेन्टको चौथो साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएसँगै उक्त नयाँ कार्यसमितिको आयोजनामा यहि आउँदो फागुन २९ गते शनिबारका दिन चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको मत्स्य रिक्रियशन सेन्टरमा मैत्रीपूर्ण एम्स आर्टिस्ट फुटसलको आयोजना गर्ने भएको छ भने चैत्र १४ गते चोभारमा विविध सांस्कृतिक कार्यक्रमसँगै पुरस्कार वितरण गरिनेछ ।

हिजो आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिंदै नेपालभाषा क्षेत्रमा चिर परिचित व्यक्तित्वहरु धिरेन शाक्य, सुरेन्द्र मानन्धर, भिम तुलाधर, राजेन्द्र मान शाक्य, कृष्ण भक्त महर्जन, भाइकाजी महर्जन, पवन जोशी, मणिराज लवटको पुरुष टिम र पल्पसा डंगोल, हिसिला यमी, मञ्जु श्रेष्ठ र सरस्वती मानन्धरको महिला टिम रहनेछ । नाम दर्ता गरेका सहभागीहरुलाई ड्र मार्फत चयन गरी सो टिममा समावेश गरिनेछ ।

यस फुटसलमा सहभागी हुन तोकिएको रकम संस्थामा बुझाई सहभागी हुन सक्नेछ । कलाकार, साहित्यकार, पत्रकार लगायतले यसमा सहभागिता जनाउन सक्नेछ ।

संस्थाले विगतका दिनमा म्यूजिक इभेन्ट, म्यूजिकल पिकनिक, राफ्टिङ्ग, कलाकार सम्मान एवं कलाकारलाई भौतिक एवं आर्थिक रुपले सहयोग जस्ता सामाजिक सेवाका कार्यहरुबाट आपूmलाई नेपालभाषा क्षेत्रमा स्थापित गरिसकेको छ ।

त्यस्तै आगामी दिनमा संस्थाले समाज, राष्ट्र र कलाकारहरुको हक, हित र अधिकारका लागि सदा अग्रसर रहने र चलचित्र, लघु चलचित्र, वृत्तचित्र, म्यूजिक भिडियो लगायत अन्य मनोरञ्जनका कार्यक्रमको आयोजना गर्दै जाने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *