किलागःको इहिमा १०८ कन्याको सहभागिता
काठमाडौं, १२ फागुन २०७७ ।
वि.सं. २०७१ सालमा स्थापना भै क्रियाशील रहँदै आएको किलागः त्वाः मिसा पुचःको आयोजनामा दुई दिने इहि कार्यक्रम हिजो सम्पन्न भयो ।


विगतमा भगवती पूजा, नुवाकोट र चित्लाङ्गका भैरव समेत १८ भैरव पूजा धार्मिक कायक्रम लगायत, रक्तदान कार्यक्रम, लोकसेवा आयोग तयारी कक्षा, एमसी ट्रेनिङ लगायत विविध समाजसेवाका कार्यक्रमहरुको सफल आयोजना गरिसकेको किलागः त्वाः मिसा पुचःको पछिल्लो कार्यक्रम इहि रहेको छ ।
उक्त सामुहिक इहिमा १०८ कन्याहरुको सहभागिता रहेको थियो । पुचःले सहभागीसँग रु. २५००।– सहभागीता शुल्क लिई आवश्यक सम्पूर्ण पूजा सामग्री उपलब्ध गराई तान्त्रिक विधिअनुसार इहि सम्पन्न गरेको थियो ।

पहिलो दिन कन्याहरुलाई खीर भोजन गराइएको थियो भने अन्तिम दिन कन्याका मातापिता लगायतलाई समयबजी प्रसाद वितरण गरिएको थियो ।
