महानगर समाचारसंस्कृति

श्री पचली भैरव जात्रा भव्यतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

 

मंसिर ७, काठमाडौं ।

वि.सं. २०७७ साल कौलाथ्व पारुदेखि शुरु भै पञ्चमीका दिन सम्पन्न भएको श्री पचली भैरव (टेप आजु), श्री नै अजिमा र श्री रुद्र विनायक जात्रा भव्यतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा धन्यवाद ज्ञापन कार्यक्रम हिजो श्री पचली भैरव पिथमा सम्पन्न भयो ।

श्री पचली भैरव जात्रा व्यवस्थापन उप–कमिटीको आयोजनामा सम्पन्न सो कार्यक्रमको सभापतित्व अध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । सो कार्यक्रममा अतिथिहरु तीर्थराम डंगोल, गुथिका थकाली द्योसिं महर्जनको प्रतिनिधि, थकु जुजुका सन्तती जयराम मल्ल र प्रचन्द्र मान मल्ल, १२ वडाका वडाध्यक्ष विकास डंगोल, महिला समूहका मचानानी महर्जन, श्री रुद्र विनायक नायखिं गनेद्यःका नायः विनोद शाही, उजः खलःबाट भरत माली, द्यःसिं खलःबाट महेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले कोभिडको महामारीको समयमा हामीले स्वास्थ्य र    सुरक्षाका मापदण्ड अपनाई श्री पचली भैरव (टेप आजु), श्री नै अजिमा र श्री रुद्र विनायक जात्रा भव्यताका सम्पन्न गर्न सकेकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

श्री पचली भैरव जात्रा व्यवस्थापन उप–कमिटीका पुष्परत्न (नाती) प्रजापतिले स्वागत मन्तव्य दिनु भएको सो कार्यक्रमको अन्तमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई प्रसाद स्वरुप समयबजी वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *