फाेटाे फिचरमहानगर समाचार

शंखधर उद्यानमा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको सालिक अनावरण

मंसिर ६, काठमाडौं ।

नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत् एवं नेपाल भाषा आन्दोलनका अगुवा, मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदकाे सालिकहरू एक कार्यक्रमकाबीच आज भोटाहितीस्थित शंखधर उद्यानमा अनावरण गरियो ।

शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय विभूति शंखधर साख्वाः तथा लोकप्रिय नेता पद्मरत्न तुलाधरको पूर्णकदको शालिक आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले अनावरण गरियो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, काठमाडौं महानगर पालिकाका उप मेयर हरिप्रभा खड्गी, प्रदेश सभा सदस्य राजेश शाक्य र अजयक्रान्ति शाक्य, नेपाल संवत् न्हुँद समारोह समितिका अध्यक्ष रमेश महर्जन, पद्मरत्न तुलाधरकी धर्मपत्नी निलशोभा तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानबारे चर्चा गरे भने नेपाल संवत् आन्दोलन अगाडि बढाउनमा र पंचायत व्यवस्था ढाल्नमा सक्रिय रहेका तत्कालीन नेपाल भाषा मंकाः खलःका अध्यक्ष पद्मरत्न तुलाधरको योगदान र निज तुलाधरसँग सामिप्यता रहँदाका घटनाक्रमहरुको स्मरण गरे ।

  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *