नवोदित निर्देशक अभिनव जोशी निर्देशित नयाँ म्यूजिक भिडियो “न आशा भो तिम्रो ……” सार्वजनिक
मंसिर ८, काठमाडौं ।
खेल जगतमा चिर परिचित खेल पत्रकार अभिनव जोशीको सांगितिक क्षेत्रमा पहिलो कोशेली “न आशा भो तिम्रो….” को प्रिमियर हिजो एक कार्यक्रम बिच सम्पन्न भयो ।


वसन्त बित्यासी थापाको शब्द रहेको “न आशा भो तिम्रो….” गीतमा कलाकारहरु सुष्मा कार्की र राजिव जंग बस्नेतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन मनोज रत्न शाहीले गरेका छन् ।
नेपाल भाषाको सांगितिक, भाषिक तथा पत्रकारिता क्षेत्रमा आफ्नो छाप छाडेका गायिका गंगा महर्जनको स्वरमा सजिएको उहाँको पहिलो नेपाली भाषाको गीत “न आशा भो तिम्रो….” मा सुपरिचित संगितकार राजु सिंहले संगित दिएका छन् ।

प्रिमियर कार्यक्रममा नेवाः एचडीका प्रमुख नविन जोशी, ज्यापु महागुथिका अध्यक्ष राजभाई जकःमि, चर्चित निर्देशक शोभित बस्नेत लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
नवोदित निर्देशक अभिनव जोशीले कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा म्यूजिक भिडियो तयार गर्नमा सहयोग गर्ने सम्पूर्ण टिम लगायत साथीभाई आफन्तजनलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।




“न आशा भो तिम्रो….” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –