नेपालभाषामनाेरञ्जनस्थानिय समाचार

नेपालभाषाको नयाँ गीत “मयो जित….” को प्रिमियर सम्पन्न

कार्तिक १६, काठमाडौं ।

नेपालभाषाको नयाँ गीत “मयो जित….” को प्रिमियर आज एक कार्यक्रम बिच सम्पन्न भयो । आनन्द बज्राचार्यको शब्दलाई दिपेन्द्र बज्राचार्यले संगीतबद्ध गरेको सो गीतमा दिपेन्द्र बज्राचार्य र बबिता बज्राचार्यको युगल स्वर रहेको छ ।

निर्देशक राजन शाहीको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोको कन्सेप्टमा दर्शन वीर शाक्य रहेको छ भने छायांकन तथा भिडियो सम्पादन मनोजरत्न शाहीले गरेका छन् ।

वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले प्रिमियर पश्चात् आफ्नो मन्तव्यको क्रममा मयो जितका पूरै टिमलाई धन्यवाद दिंदै अर्को म्यूजिक भिडियोको प्रतिक्षामा रहेको बताए ।

मयो जित… गीतका गायक तथा संगीतकार दिपेन्द्र बज्राचार्यले प्रिमियर कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गीत रेकर्डिङदेखि प्रिमियरसम्मका घटना परिघटनाहरुलाई शिलशिलाबद्ध रुपमा रोचक ढंगले प्रस्तुत गर्दै सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा निर्देशक राजन शाहीले यस म्यूजिक भिडियोमा केही नयाँपन दिन खोजेको बताउँदै गीतका शब्दहरुलाई सूक्ष्म अध्ययन गरी सोमा रहेको भावलाई दृश्य मार्फत प्रस्तुत गर्न खोजेको बताए भने क्यामेरापर्सन तथा भिडियो सम्पादक मनोजरत्न शाहीले आफू कुनै कसैकाे प्रतियोगी नभएकाे बताउँदै आफूसँग भएको क्षमतालाई अझ निखार्दै जाने क्रममा यस भिडियोको सम्पादन सम्पन्न भएको बताए ।

ऐतिहासिक नगर कीर्तिपुरमा छायांकन गरिएको यस गीतका मुख्य कलाकारहरुमध्ये स्वजन रधुवंशी, रोजीना सुवाल, सम्झना थुसा र चिरिबाबु महर्जन तथा व्यवस्थापक उजेन शाहीले आफूहरुले टिम भावनालाई साक्षात्कार गरी सकेसम्म राम्रो गरेको बताउँदै दर्शकहरुको मन जित्ने प्रयास गरेको र राम्रो भिडियो बनेकोमा सम्पूर्ण टिमलाई धन्यवाद पनि दिए ।

फोटो ः निभा डंगोल

“मयो जित….” को नेपालभाषाको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः

One thought on “नेपालभाषाको नयाँ गीत “मयो जित….” को प्रिमियर सम्पन्न

  • Dipendra bajracharya

    Thank you so much sir for this news .

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *