जात्रा पर्वसंस्कृति

आज खोकनामा महालक्ष्मीले महिषासुरकाे वध गर्ने

कार्तिक ७, ललितपुर ।

कोरोना महामारीका कारण उपत्यकाका अधिकांश जात्रा पर्व स्थगित भइरहेको अवस्थामा गत महिना श्री रातो मच्छिन्द्रनाथको जात्रा र हालसालै श्री पचली पचली भैरवको जात्रा स्वास्थ्य मापदण्ड पूरा गरी सम्पन्न भएको अवस्थामा खोकनाको श्री सिकाली जात्रा पनि हुँदैछ । जसलाई सिद्धिकाली वा रुद्रायणी जात्रा पनि भनिन्छ । यस जात्रामा पनि मास्क, स्यानिटाइजर, भाइजर, पञ्जा लगायतका महामारीबाट बच्नको लागि आवश्यक स्वास्थ सामग्रीको प्रयोग गरिएको छ ।

  

खोकनावासीका लागि इष्ट देवताका रूपमा मानिने रुद्रायणी भवानी देवी जात्रा यहाँ महोत्सवको रुपमा रहेको छ ।

जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदा अर्थात कौलाथ्व पारुको दिनदेखि नै हुन्छ भने तृतीयाको दिनमा रुद्रायणीमाईलाई बलि दिएर जात्रा गर्ने गरिन्छ ।

हरेक दिन नुहाउने र एक छाक मात्रै खाएका कुमार युवाहरूले दुई दिनसम्म नगर परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने गर्दछ । पञ्चमीको दिन बुधबार मूल जात्रा हुन्छ ।

षष्ठीको दिन रुद्रायणीका गुथियारहरू लगायत देवगण सिकाली चौरमा मुकुट, पोसाक, गरगहना लगाएर अष्टमातृका गण नाच निकालिन्छ । मुख्य आकर्षणका रूपमा रहेको यो नाच सँगसँगे प्रसाद बाँड्ने पनि गरिन्छ ।

आज सप्तमीका दिन खोकनाको तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । नाचमा महालक्ष्मीले महिषासुरकाे वध गर्छ । जुन जात्राको मुख्य रौनकका रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *