च्याम्पियन्स लिगको फाइनल आज – बायर्न म्युनिख र पीएसजी भिड्दै
भदाै ७, काठमाण्डौ ।
च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज पोर्चुगलको लिस्बनमा राति पौने एक बजे जर्मन क्लब बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी बीच हुँदैछ ।

पाँच पटकका उपाधि विजेता बायर्न म्युनिख ११ औं पटक फाइनल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
सेमिफाइलनमा बायर्नले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो ।
लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बायर्न छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।